ललितपुर
निर्वाचनको पुर्वसन्ध्यामा ललितपुरका १ सय ३० जनाभन्दा धेरै युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
ललितपुरको बडिखेलमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टि, रास्वपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ३० जनाभन्दा धेरै युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
विहीबार साँझ
एमालेका ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण ब्यञ्जनकार, ललितपुर क्षेत्र नम्बर १ निर्वाचन कमाण्डर शुसीला नेपाल क्षेत्र नं. १का सासंद उम्मेदवार चेतनाथ सञ्जेललगायतले े नवप्रवेशीलाई टीका , माला , खादा , अविर , टोपी लगाएर स्वागत गरे ।
यहाँका स्थानीयहरुले सुलभ खानेपानी, एम्वुलेन्स, धार्मीक पर्यटनको विकास, ब्यवस्थित ढल निर्माण र स्तरीय दिगो सडक विस्तारका लागि नेकपा एमालेले काम गर्ने उनीहरुले विश्वास व्यक्त गरे । पार्टी प्रवेशका लागि स्थानीय यूवा नेता रमेश पहारी र यूवा उद्यमी अभय न्यौपानेको पहलमा भएको बताइएको छ ।
पार्टी प्रवेशपछि उम्मेदवार सञ्जेलले पार्टी प्रवेश भइसकेपछि पनि तानातान गर्ने प्रवृतीदेखि सावधान रहन आग्रह गर्दै भने, ‘जुन विश्वास लिएर आउनुभएको छ त्यो पूरा हुन्छ तर आफैले आफैलाई विश्वास मार्ने काम नगर्नुहोला अरु पार्टिले प्रलोभन देखाउनसक्छन् सचेत हुनुहोला ।’
कार्यक्रममा बाग्मती प्रदेश सभाका कृषि तथा पशुपन्छीमन्त्री मधुसुधन पौडेल, निर्वाचन सह कमाण्डर नवराज सिलवाल, केन्द्रिय सदस्य तारा सञ्जेल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलगायत सहभागी थिए
पहरी समुदायको निर्णायक मतबाट २०७४ मा माओबादीका मुकुन्द पहारी र २०७९ मा सानुभाई नगरकोटी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।








प्रतिक्रिया