२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर १ मा मजदुर किसान पार्टीका नेता प्रेम सुवाल पराजित



 

भादगाउँ

भक्तपुर क्षेत्र नं. १ मा मजदुर किसान पार्टीका नेता प्रेम सुवाल पराजित भएका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रुकेश रन्जितसँग पराजित भएका हुन् ।

उनलाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी भएका हुन् । भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४ सय ३६ मतले विजयी भएका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिएका छन् ।

उनका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १ सय ४७ मत प्राप्त गरेका । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २ सय ८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाएका छन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।