२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत टिकटकमा भाइरल



 

चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत टिकटकमा भाइरल बनेको छ ।
गीत सार्वजनिक भएको दुई साता नपुग्दै युट्युवमा २१ लाख पल्ट हेरिएको छ भने एक लाखभन्दा धेरै टिकटक बनाइएको छ ।
मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गीतमा मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ छ ।
माइकल चन्दको निर्देशनमा बनेको चलचित्र ‘राम नाम सत्य’मा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ ।

 

चैत्रको २७ गतेबाट प्रर्दशनको तयारीमा रहेको यस चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ सार्वजनिक भएको १३ दिन मात्रै भएको छ । गीत विभिन्न पार्टी र सार्वजनिक कार्यक्रमहरुमा समेत बजेको सुनिन्छ ।

निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यो गीतले भने आफ्नो रफ्तारलाई कायम राखिरहेको देखिन्छ । गीतको चर्चाले चलचित्रको व्यापारमा निकै फाइदा दिने देखिन्छ ।

यो गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।
रोमान्टिक शैलीको यो गीतमा चलचित्रका गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।
गीतले दर्शकको मन जितेपछि निर्देशक माइकल चन्द उत्साहित देखिए । उनले भने–‘निर्वाचनको छेकोमा हामीले गीत सार्वजनिक गर्दा धेरैले गलत समयमा किन रिलिज गर्नुभयो भनेका थिए । तर, गीत हिट हुनेमा हामी विश्वस्त थियौं । आज दर्शकको मुखमा गीत झुन्डिएको छ । लाखौं टिकटक बनेका छन् । यसले, हामीलाई उत्साहित बनाएको छ ।’
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार चलचित्रका कार्यकारी निर्माता हुन् ।
मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो चलचित्रका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत चलचित्रमा छ ।
माइकल चन्दकै कथा र पटकथा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रमा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । चलचित्रका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।
यो चलचित्रले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ । चलचित्रलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।