२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


‘राम नाम सत्य’का टिजरमा अभिनेता विराजको एङ्ग्री अवतार



 

हुन त एक्सन जनराको चलचित्रका कथा उस्तै हुन्छन् । गुण्डागदी, लफडा र लडाई झगडा । चलचित्रका अभिनेतालाई बेलाबेलामा खलनायक झैं देखिनु नौलो होइन ।

ीनर्माणको क्रममा रहेको यस्तै एक्सन चलचित्रको टिजर भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।
बहुप्रतिक्षित चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजरमा एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको छ ।

 

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzQfCMsttHBMqWWsRGpfSCJGjflW?projector=1

चलचित्रमा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको टिजरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ ।

चलचित्रको टिजरमा नायक विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रको टिजरले चैत्र २७ गते बक्स अफिसमा धमाका हुने संकेत गरेको छ ।
टिजरमा यी सबै कलाकारहरुलाई देख्न सकिन्छ ।
माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको चलचित्रका क्रियटिभ निर्माता मोती कार्की हुन् । राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको यो चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ ।
अभिमन्यू निरवी र समय थपलिया चलचित्रका स्क्रिप्ट सल्लाहाकार हुन् । माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।
यो चलचित्रमा समावेश ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट भइसकेको छ । यसैबिच, यो टिजरले पनि दर्शकको आक्रामक साथ पाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।