गोरखा
मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा छ जनाको निधन भएको छ ।
सहिद लखन गाउँपालिका ३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा छ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिएका छन् । उनका अनुसार निधन हुनेमा सबै भारतीय नागरिक छन् ।
माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् ।








प्रतिक्रिया