काठमाडौं
भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन् । चलचित्र बिकाश बोर्डको आयोजनामा भोलीदेखी तीनदिन चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागी उनी शनिबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ल्याण्ड भएका हुन् ।
पहिलोपटक नेपाल आइपुगेका अमितले बिमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै भने, ‘मेरो अनुभव र मैले जानेका केहि कुरा सिकाउने प्रयास गर्नेछु ।’
चलचित्र बिकाश बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले। ’हामीले बोर्डबाट दक्षता अभिबृद्धि भनेर बजेट छुट्टाएरै काम गरिरहेका छौं । यसअघि पनि धेरै तालिम भइसकेका छन् भने भ्वाइस एक्टिङको बिषयमा पनि नेपालमा आवश्यक भएकाले भारतका प्रसिद्ध ब्यक्ति अमित डिओंडीलाई निमन्त्रणा गरेका हौं । उहाँसँग हामीले भ्वाइस एक्टिङका टेक्निकहरु सिक्न सक्छौं ।’ अध्यक्ष डिसीले भने ।
पछिल्लो समय नेपालमा थुप्रै फिल्मको डबिङ तथा साउण्ड मिक्सिङको काम गरिरहेका सम्राट फिल्मस्का सन्चालक भरत कँडेल आफैमा १५ बर्षबढी मुम्बईमा साउण्डमै काम गरेका आएका ब्यक्ति हुन् ।
विश्वकै चर्चित युट्युवर मिस्टर बिस्टको नेपाली भाषामा डबिङको काम पनि सम्राट फिल्मस्ले नै गर्दै आएको छ ।
अमित डिओंडीलाई स्वागतका लागी चलचित्र लेखक, निर्देशक एवं चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीका निजी सचिव जनक खड्का, सम्राट फिल्मस्का भरत कंडेल लगायतको टिम पुगेको थियो ।
भ्वाइस आर्टिष्ट अमित डिओंडीले अमेजन, नेटफिलिक्स तथा चर्चित प्लेटफर्मका लागी ३ हजार बढी सिरिज तथा फिल्महरुमा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन् । साथै चर्चित कार्टुन सिरिज मोटु पत्लुको ’मिक्की अनलाइन’ क्यारेक्टर अमितले नै आवाज दिँदै आएका छन् ।








प्रतिक्रिया