काठमाडौं
चलचित्र ‘परालको आगो’को टिजर समेटिएको रिल्स फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरेका छन् ।
ओएसआर डिजिटलको टिकटकमा ६० लाख तथा देउराली फ्यान क्लबको रिल्समा टिजरलाई ४० लाखभन्दा बढि पटक हेरिएको हो ।
अधिकांशले प्रकाश सपुत र सुहाना थापाको संवादमा टिकटक बनाएका छन्।
निर्माणधिन चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको लगानी सुशील पोखरेलका अलवा सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेका छन्।








प्रतिक्रिया