निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने चलचित्र ‘कस्तुरी’को गाउँको केहि दृश्य र गीत बाहेक सम्पुर्ण छायांकन सकिएको छ। चलचित्रको छायांकन थालेको ३५ दिनमा सकेको हो।
चलचित्रका निर्देशक ऋत बोहोराले केहि गाउँको सिन र गीत बाहेक फिल्मको सुटिङ सकिएको बताए। उनले भने,‘ हामीले चलचित्रको छायांकन थालेको ३५ दिनमा करिव छायांकन सकेका छाँै। चलचित्र को गीत र गाउँको केहि दृश्य खिच्न बाँकी रहेको छ। अरु भने कम्प्लेट गरिसकेका छाँै।’
काठमाडौं जिल्ला आसपासमा खिचिएको यो चलचित्र रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्नेछ। यस चलचित्रमा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको छ। यसै चलचित्रबाट निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्। चलचित्रमा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन्। यस चलचित्रका निर्माता धिरज कुमार अग्रवाल हुन्।
उनी यहि चलचित्रबाट निर्माताका रुपमा उदाएका छन्। यस फिल्मको को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। आलोक शुक्लाले खिचेको यो चलचित्रमा प्रमुख सह–निर्देशक ललित बिष्टले गरेका छन्। चलचित्रको गीतमा संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन्। निर्माण टिमले चलचित्रको अधिकांश छायांकन सकेता पनि प्रदर्शन मिति भने घोषणा गरेका छैनन्। निर्देशक बोहोराले यस चलचित्र को प्रदर्शन मिति केहि दिनपछि घोषणा गर्ने बताए ।








प्रतिक्रिया