८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका सासंद महर्जन सवारी दुर्घटनामा परेपछि घाइते



चापागाँउ
ललितपुर क्षेत्र नं. १का सासंद बुद्धरत्न महर्जन सडक दुर्घटनामा परेर घाइते भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी सभापति दिलिप थापाका अनुसार महालक्ष्मी नगरको सिद्धिपुरमा उनी चढेको स्कुटर दुर्घटनामा परेपछि उनको उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
सासंद महर्जनको खुट्टामा चोट लागेको छ । नगरसभापति थापाले भने, ‘अहिले प्लाष्टर गरिएको छ । डाक्टरले केही समय आरा मगर्न सुझाव दिएका छन् ।’ उनी मतदातालाई धन्यवाद दिन ललितपुरकाृ क्षेत्र नं. १ जाने तयारीमा थिए । ललितपुर महालक्ष्मीका स्थायी बासिन्दा महर्जन यस क्षेत्रमा पुर्वमन्त्री जगदिश खरेलले उम्मेदवारी दिने इच्छा देखाएपछि क्षेत्र नं.१ रोजेर उम्मेदवारी दिएका थिए ।

सासंद महर्जनलाई मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकल चालक समेत घाइते भएको समाचार प्राप्त भएको छ ।

यद्यपी लुभू प्रहरी प्रभागले घटनाको पुष्टि गर्दै घाइते सासंद महर्जनले प्रहरी कार्यालयको सम्पर्कमा अहिलेसम्म नआएको जानकारी दिएको छ । घाइतहरु उपचारमा गएको प्रहरीको भनाई छ । थप विवरण प्रहरी कार्यालयले दिन चाहेन ।

दुर्घटनामा घाइते भएपछि आउँदो विहीबार हुने संसदको सपथ  ग्रहण समारोहमा उपस्थित हुन नसक्ने अवस्था श्रृजना भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।