काठमाडौं
बहुचर्चित सिनेमा हामी तीन भाइ बारे नेपाली चलचित्र पारखीहरुलाई जानकारी छ । सोही नामको सिनेमा फेरि निर्माण भएको छ ।
सिनेमामा पहिला झै तीन दाजुभाईको कथा छ । तीनै जना बुहारी पनि छन् । चलचित्र शुक्रबारबाट सिनेमा हलमा लागिसकेको छ ।
तर राजधानीमा आयोजना गरिएको प्रमोसनको कार्यक्रममा दुई जोडी मात्रै देखिए । जेठा जेठी खोई त रु कार्यक्रममा धेरैले ‘जेठी बुहारी’ को चरित्रमा रहेकी लक्ष्मी बर्देवाबारे सोधखोज गरे ।
प्रश्न उठेपछि कलाकार जानवी बस्नेतले जेठा दाजु बिनोद न्यौपाने झापामा छायांकनमा रहेको र जेठी भाउजू लक्ष्मी बत्देवा देश बनाउन लागेको बताईन ।
बिनोदको कुरा त स्पस्ट भयो । तर काठमाडौंमा नै रहेर लक्ष्मीको यो प्रमोसनमा अनुपस्थितिलाई सकारात्मक रुपमा हेर्न सकिएन । उनी आफ्नो अनलाईन ब्यापारमा सकृय र निरन्तर उपस्थित छिन । रास्वपा केन्द्रिय सदस्य उनलाई धेरैले समानुपातिक सांसद को उम्मेदवार रहेर पनि कुन्नी के नमिलेर उनी त्यहा भने पर्न सफल भइनन् । तर पनि उनको ध्यान भने सिनेमामा कम पार्टीमा ज्यादा देखिएको छ । यति सम्म कि शुक्रबार बिहान राखिएको स्पेशल शो र दिउँसो हल रिपोर्टमा पनि उनी बेपत्तै थिइन ।
लक्ष्मीलाई एउटा सफल सिनेमाको आवश्यकता छ । हामी तीन भाईमा उनले महत्वपुर्ण रोल पाएकी थिइन । होईन भने उनले पाउदै गरेको भनेको नायिकाको साथीको भुमिका नै हो । तर आफुले पाएको मुख्य भुमिकालाई प्रयोग गरेर सफलता पाउने अवसर निर्माण गर्नुको साटो उनला नेता बन्ने भुत सवार छ । त्यसो त छोरा जन्मिएपछि सिनेमा भन्दा पार्टी राजनीतितिर रमाउन लागेको हो कि ? बुझ्नै सकिएन।







प्रतिक्रिया