१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


गायक शिव परियारको भनाई ’मैले भ्रामक प्रचार गरेको होइन, जिज्ञाशा राखेको ’



 

 

काठमाडौं

गायक शिव परियारले गौरीबहादुर कार्की आयोग प्रतिवेदनमा ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा मेरो नाम उल्लेख गरिएको सम्बन्धमा
आफ्नो धारणा राख्दै सो दाबी अस्विकार गरेका छन् ।
उनले विज्ञप्ती प्रकाशन गर्दै सामाजिक सञ्जालमा “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने पोस्ट आफूले पटक–पटक देखेपछि, उक्त विषयको सत्यता बुझ्ने उद्देश्यले एउटा जिज्ञासामूलक पोस्ट लेखेको बताएका हुन् ।
सो पोष्ट आफूले कुनै पनि प्रकारको पुष्टि, दाबी, भ्रामक सूचना प्रवाह वा प्रचार गर्ने उद्देश्यले नभई, नेपालको संविधानमा सुरक्षित नागरिकको सही सूचना पाउने मौलिक हक प्रयोग गर्दै, केवल सामाजिक सञ्जालमा तत्कालीन समयमा फैलिएको खबरको सत्यता बुझ्ने जिज्ञासामूलक प्रश्न गरेको उनको दाबी रहेको छ ।
पोस्टपश्चात् आफ्ना शुभचिन्तक दर्शक, श्रोता, फेसबुक मित्र र फेसबुक फलोअरहरूबाट प्राप्त अनगिन्ती प्रतिक्रियाहरूबाट उक्त खबर भ्रामक र गलत रहेको स्पष्ट भएको र तआफूले हटाएको उनको भनाई छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।