१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


पूर्वमिस नेपाल उषा खड्गी र पुर्वपतिबीच अंशको लफडा



 

 

ललितखबर
पूर्वमिस नेपाल उषा खड्गीको पुर्वपतिसँग अंशको लफडा परेको छ ।

 

पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफू र सम्बन्धविच्छेदपछि एउटै घरमा बसेका पुर्वपति जिपि तिमल्सिनासँगको लफडा सामाजिक सञ्जालमार्फत छताछुल्ल बनाइ दिएकी छन् ।

समाजले कलाकार तथा सेलिब्रेटीहरुलाई आदर्शको रुपमा लिन्छ । तर तीनै कलाकारहरु समाज भड्काउने हर्कत गर्दै आफ्नो सम्बन्धको अप्ठ्यारा अवस्था सार्वजनिक गर्दै लफडा देखाउने गरिरहेका पाइन्छ ।

पूर्वमिस नेपाल खड्कीले पुर्वपतिले यातना दिएको सार्वजनिक गरेकी हुन्।
पूर्वपति तथा सञ्चारकर्मी तिमल्सिना भक्तपुरमा एउटै घरमा बस्ने गरेको अवस्थामा आफ्नो घर भन्दै सामाजिक सञ्जालमा दुख पोखेकी छन् । दोस्रो श्रीमती विवाह गरेर एउटै घरमा बस्दै आएका पूर्वपति तथा सञ्चारकर्मी जिपी तिमल्सिनाले गालीगलौज र दुव्र्यवहार गर्ने गरेको उनको दावी छ ।

उनले लेखेकी छन्, ‘आफू बिहे गरेर, त्यही घरमा बच्चाहरुको अगाडी बस्ने लाज पचाएर अनि मलाई जथाभावी भन्ने, मुख छाड्ने, कोही आउँदा–जाँदा जथाभावी बोल्ने, मेरो माइतीबाट परिवार अनि साथीहरु आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने। धेरै भइसक्यो अब । अति भएर बोल्दैछु आज ।’

सम्बन्ध विच्छेदपछि उषा र जिपी लोकन्थलीस्थित एउटै घरमा बस्ने गरेका छन् ।

उषाले २५ प्रतिशत सो घर पाएको बताएकी छन् । उनले लेखेकी छन्,‘यो घर मेरो २५ प्रतिशत, मेरो छोराको २५ प्रतिशत, मेरी छोरीको २५ प्रतिशत र त्यसको २५ प्रतिशत अंशमा परेको हो।’
दोश्रोविवाह गरेर सोही घरमा बसेका पुर्वपति तिमल्सिनासँग उनको बारम्बार झगडा गर्ने गरेको सामाजिक सञ्जालमा सार्वजनिक गरेको कुराहरुबाट बुझ्न सकिन्छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।