काठमाडौँ
प्रेस काउसिन्लले एक अनलाइन सञ्चार माध्यमलाई कारवाही गरेको छ ।
पत्रकारले स्वतन्त्र रिपोर्टि गरेको विषयमा परेको उजुरीको आधारमा काउसिन्लले कारवाही गरेको हो ।
प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्काले सञ्चालन गरेको सञ्चालक ‘एनपिएलप्रेस डटकम’लाई कारबाही गरेको बताइएको छ ।
काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार गरेको समाचार प्राप्त भएको छ ।
काउन्सिलले भनेको छ, “एनपिएल प्रेस डटकमलाई मिति २०८२÷११÷०८ गतेको निर्णयअनुसार अवज्ञाकारी÷कालोसूचीमा राखी सूचीकरणबाट हटाइएको, साथै सम्बद्ध सञ्चालक÷पत्रकार (सुरज खड्का) को प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्रचार गरिएको छ ।”








प्रतिक्रिया