ललितखबर
अक्सर सार्वजनिक विदा र चाडपर्व चलचित्र प्रर्दशनका लागि उपयुक्त समय मानिन्छ । नेपाली चलचित्रकर्मीहरु दशै र नयाँ वर्षजस्ता पर्वहरुमा चलचित्र प्रर्दशन गर्न तछाडमछाड गर्छन् ।
तर यो वर्ष नयाँ वर्षको पुर्वसन्ध्यामा ‘राम नाम सत्य’ एकल प्रर्दशनीको तरखरमा छ ।
नयाँ वर्षको छेको पारेर यही चैत्रको २७ गतेबाट देशभर प्रर्दशन हुन लागेको यस चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ । माइकल चन्द निर्देशित चलचित्रसँगै रेखा थापाको अभिनय तथा सविर श्रेष्ठको निर्देशन रहेको छत्तिस आँकडा र राजु गिरी निर्देर्शित डल्लेले इन्ट्री मार्यो प्रर्दशन हुने तालिका रहेको थियो ।
चलचित्रकी अभिनेत्री दिव्या रायमाझीले सिनेमा ‘राम नाम सत्य’लाई लिएर आफ्नो उत्साह व्यक्त गरेकी छिन् । दिव्या भन्छिन्–‘म फिल्मलाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले धेरै देखाउन पाएको छु ।’
चलचित्रमा दिव्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् । दिव्या भन्छिन्–‘चलचित्रमा एक्सन भरपुर छ । तर, यो एक्सन फिल्म मात्र होइन । यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट चलचित्र बनेको छ ।’
दिव्याले चलचित्र गज्जब बनेको बताउँदै भनिन्–‘मैले मेरो चलचित्र भनेर भनेको होइन । सिनेमा एकदमै राम्रो बनेको छ । दर्शकले यो चलचित्र हेरेर भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने विश्वास छ ।’
यो चलचित्रमा दिव्या सुशीलको जोडीको रुपमा छिन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् ।
माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।








प्रतिक्रिया