लेले, चापागाउ, ठेचो, सुनाकोठी लगायतका नेवारी बस्तिलाई हेर्ने हो भने यी बस्तिको उपस्थिती हजारौं बर्ष अघिदेखि रहेकोमा विवाद छैन
सनोज महत
चैत्र पुर्णिमाबाट काठमाडौं उपत्यका उत्सबमय छ। उपत्यकामा रहेका मठ, मन्दिर र तिनमा रहेका देबि र देवता जागृत भै उठेका छन् । बालकुमारी , जयल कुमारी, बज्रबाराही लगायतका देबिहरु रथ र खटमा सवार हुँदै घर माइती गर्दै छन् । देबि माइती आउने कुराले कहिँ माइती पुलकित छन् त कहिँ भैरबहरु आफ्नो प्रिया भेट्न तम्तयार।
सम्झनामा लेलेको सिन्दुरे जात्रा
चैत्र पुर्णिमाको दिन आफ्नो प्रीयतम,भैरब भेट्न गएका बालकुमारी र जयल कुमारि, आफ्नो भैरबसङ्गको केही दिनको रङ्गरोलिया मनाएर पुनः लेले फर्कन्छन। उनिहरु घर फर्किएको खुशियालिमा लेलेमिले सिदुर जात्रा गर्छन् ।
गुठियारको जोहो र प्रबन्ध, खटको साज सज्जा र शृङ्गार,त्यस बिचमा अपनाइने विधि प्रकृया। सबैलाई ध्यान दिदा यो हप्तौं दिनको रौनक हो।
भैरब भेट्न गएका देबिहरु पुनः लेले फर्किएको खुशियालिमा लेलेमिले अबिर लगाएर मनाउने उत्सब नै सिन्दुर जात्रा हो। यो लोकल पर्बमा लेले टिकाभैरब क्षेत्रमा सार्बजनिक बिदा दिने गरिन्छ।
सानो छदा सिन्दुरे जात्राको ठूलो प्रतिक्षा हुन्थ्यो। औंला भाची भाची, “अब यति दिन बाकी छ” भनेर औलाको संख्या घटाएका पलहरु रोमान्चक छन् ।सुचना सन्चारको बिकास नभएको त्यो युगमा उपत्यका बाहिरका आफन्त र रात बस्दै आउनुपर्ने आउना र पाहुना यसै जात्रा पारेर आउने गर्दथे। आफन्त नातेदार पनि भेटिने, सिन्दुरे जात्रा पनि हेरिने। एक काम दुई पन्थ।
त्यसैले त उपत्यकाको चक्रपथबाट १७ किलो मिटर टाढा रहेको लेले जस्तो काठ क्षेत्रका सबै घर परिवार समेत हप्ता दिन अघि देखि घरको सरसफाइ र खोल तन्ना धोएर अतिथी सत्कारको लागि तम्तयार रहनु पर्दथ्यो। जात्रामा प्रत्यक्ष सहभागी हुने गुठियार मात्र होइन, सिङ्गो उपत्यका र सो आसपासको काठ क्षेत्रलाई नेवास् सभ्यता र संस्कृतिले एकाकार गरेको थियो र छ। त्यसैले नेवा संस्कृति, सम्पदा र सभ्यता राष्ट्रिय पहिचान बनेर खडा भएको। नेपाल राज्यको अलग पहिचान र अस्तित्व बोकेर। विश्व सामु अलग्गै र पृथक बनेर।
काठमाडौं उपत्यकालाई घेरा हाली बसेका तामाङ्ग र पहरी समुदाएको लागि चैता पुर्णे आफै ठूलो चाड हो भने सिजापती लगायतका खसक्षेत्री हरुको कुलायन पुजा समेत यहि तिथिमा हुन्छ।
यसरी सरसर्ती हेर्दा जुन जुन जाती समुदाय काठमाडौ उपत्यका जहाँ कहिँबाट, जुन कुनै समयमा आयो, ती सबै नेवा संस्कार र संस्कृतिसङ्ग अन्तरघुलन भए। आफ्ना केही स ९ साना पहिचानगत पृथकता सहित।
बिर्सी नसक्नु सडकको सकस जात्राको अर्को पक्ष
जसै कलेज जीवनमा प्रबेश गरियो। सिन्दुरे जात्राको रौनकताले भन्दा सडक जाम र जात्रा पर्व कै कारण हुने सवारी साधनको अस्तब्यस्तताले सताउन थाल्यो। एक त चैत्र बैशाखको गर्मी, पर्बले भरिएका ठेलम ठेल गाडी, त्यसमाथी घण्टौको जाम। हालत खराब।
“ किन बाटो मै लिङ्गो ऎसि ठड्याउन परेको ”, “ रथ किन सडक मै नचाएको ?”, “खट किन सडक मै राख्नु पर्ने ?” यी प्रश्नहरुले झोक चलाउथे। नेवारहरुले गर्दा समग्र काठ क्षेत्रका बासिन्दाको जन जीवन आक्रान्त भएको निष्कर्ष निकाल्थे र निकाल्छन गैर नेवार काठेहरु अहिले पनि।
के यी पर्व र संस्कृतिलाई सडक अबरोध नगरी, सडक बाहेकको अन्य खुला ठाउँमा गर्न मिल्दैन रु धेरैको माग , कौतुहलता र सुझाब हुन सक्छ।
लेले, चापागाउ, ठेचो, सुनाकोठिका बाटोहरु सडक नै हो त ?
लिच्छवि काललाई नेपालको इतिहासमा स्वर्णिम काल भनिन्छ। नेवास् संस्कार , सन्स्कृती र सभ्यताको सन्स्थागत बिकास सोही कालबाट शुरु भयो। चित्रकला, बास्तुकला र बस्ती बिकासको शुरूवात र उत्कर्ष यसै बेलाबाट शुरु भएको हो।

लेले, चापागाउ, ठेचो, सुनाकोठी लगायतका बस्ती बिचका बाटाहरु सडक होइनन् । शासकिय सहजताको लागि राज्यले गरेको अतिक्रमण मात्र हुन
लेले, चापागाउ, ठेचो, सुनाकोठी लगायतका नेवारी बस्तिलाई हेर्ने हो भने यी बस्तिको उपस्थिती हजारौं बर्ष अघि देखि रहेकोमा विवाद छैन ।
त्यति बेलाको बास्तु र बस्ती बिकासलाई हेर्ने हो भने पङ्तिबध्द लहरै दायाँबायाँ घरहरु, दुबै पट्टिको दैलो उघ्रने बिच भागमा फराकिलो खुला क्षेत्र। चाड पर्बको सयमा तिनै खुला क्षेत्र बर्ब मनाउन, खट राख्न, लिङ्गो ठड्याउन र रथ नचाउन प्रयोग हुन्थे। अन्य समयमा बसिबियालो गर्न अनाज सुकाउन लगायतको प्रयोजनको लागि प्रयोग हुन्थ्यो।
आज भन्दा १०४ बर्ष अघि ९ बि. स. १९७८ मा वीर शम्शेरले पहिलो चोटि नेपालमा गाडी भित्र्याए। उपत्यका बासिले संस्कृतिक र सामाजिक प्रयोजनको लागि आफ्नो बस्ती बिच खुला छाडेको क्षेत्र नै तत्कालिन सरकारले सडक कायम गर्यो। र, गाडी हुइक्यायो।
त्यसैले लेले, चापागाउ, ठेचो, सुनाकोठी लगायतका बस्ती बिचका बाटाहरु सडक होइनन् । शासकिय सहजताको लागि राज्यले गरेको अतिक्रमण मात्र हुन। नेवास् बस्ती बस्ति बिचका बाटाहरुलाई जोड्दै तत्कालिन नेपाल सरकारले बाटो बिस्तार गर्यो र त्यसैलाई सडकको नाम दियो, कान्ति लोकपथ।
४० बाटो र सडकमा के भिन्नता छ रु हामिलाई बाटो चाहिएको कि सडक ?
आम मान्छेमा बाटो भने कै सडक, सडक भने कै बाटो भन्ने धारणा छ। त्यसैले हामी एकमुष्ठमा सडक बाटो भन्छौं ।
बाटो त्यो हो, जहाँबाट एक घर देखि अर्को घर र एउटा बस्तिबाट अर्को बस्ती पुगिन्छ। नेवास् बस्ती बिचको खुला क्षेत्रको चर्चा गरियो। रथ नचाउन पुग्ने बस्ती बिचको खुला क्षेत्र गाडी गुडाउन पर्याप्त नै थियो। अलग अलग ठाउँमा गुचुमुच्च भएर बसेको नेवा बस्तिलाइ एक अर्का सङ्ग जोड्ने परम्परागत बाटाहरु पनि पक्कै हुने नै भए। हो, तिनिहरु फराकिला थिएनन। फराकिलो बनाउनु पर्ने त्यतिबेला आवश्यकता पनि थिएन।
खोलामा जग्गा जोडिएका नागरिकलाई राहत गर्न सकिन्छ। शहरिकरण हुँदा सबैको जग्गा अनुपातमा काटिन्छ। खोलालाई सिधा र शहरको आवश्यकतामा बगाउन मिल्छ। यसो हुँदा हजारौ नगरबासी लाभान्वित हुने छन् भने आम नागरिकको साथमा ब्य्वस्थित सडक र शहरी बिकास हुने छ।
तिनै परम्परागत बस्ती बिचका बाटाहरुलाई गाडी गुडाउन मिल्ने गरि बिकास गर्दै सोही बाटोहरुलाई सडक कायम गरियो। कान्ति लोकपथ कायम गरिएको यी बाटाहरु कुनै पनि तबरले सडक होइनन् । मात्र बाटो हुन् । नागरिकका सामाजिकक जिबनका सम्बन्ध सेतु मात्र हुन।
त्यसो भए सडक के हो र ?
छोटो दुरि, सहज आवागमन र, निर्बाध ब्यवसायिक प्रयोजनमा विना रोकटोक सहजता सडकका बिशेषता हुन् । एउटा सडक अनेकौं सहाएक सडक र अनगिन्ती बाटाहरुसङ्ग जोडिन्छ। हामिकोमा सडक बने कै छैन।
के छन् , सडकका सम्भावनाहरु
नेपाल सरकारले वागमती खोला र वागमतीमा मिसिने सहायक खोला र खोल्सी “ खोला करिडोर मापदण्ड लागू गरेको छ”। अलग अलग खोला खोल्सीलाई अलग अलग मापदण्ड लागू भै रहदै, यसरी करिडोर बन्दा खोलाको दुबै किनारमा सडक बिस्तार अनिवार्य छ। निकट भबिष्यमा हुने बस्ती बिकासको चापलाई मध्य नजर गरि यो निर्णय लिएको देखिछ। यसरी खोला करिडोर बन्दा खोलासङ्ग जोडिएका जग्गा धनीले भने कुनै क्षतिपुर्ती वा मुआब्जा भने पाउदैनन् । बेचबिखन गर्दा र अङ्शबण्डा गर्दा मापदण्डले ओगटेको भाग कटौती गरि नेपाल सरकारलाई छोड्नु अनिबार्य छ।
सडक सम्भावनाको मुल आधार यहि नै हो। सोच्नुहोस त ? कान्तिलोकपथलाई टिकाभैरब नख्खु करिडोरबाट निकास दिइयो। नख्खु खोलाको दुबै पट्टि १२ र १२ मिटरको सडक
त्यस्तै करिडोरहरु कर्मनासा, गोदावरी, लेले, कोड्कु,नल्लु खोलामा ती खोलासङ्ग जोडिने खोल्सिहरुमा। ती खोला करिडोर सङ्ग जोडिएका हुने छन् बस्ती बस्तिका सहाएक सडक र बाटाहरु।
खोला करिडोरसङ्ग जोडिएका नागरिकलाई राहत सम्भब छ ?
खोला करिडोरमा पर्ने जग्गा धनिले कसरी आफ्नो जमिन गुमाउदै छन् । अघि चर्चा गरियो। समग्र क्षेत्रको एकै पटक ब्यवस्थित शहरीकरण गर्दा खोलामा जग्गा जोडिएका नागरिकलाई राहत गर्न सकिन्छ। शहरिकरण हुँदा सबैको जग्गा अनुपातमा काटिन्छ। खोलालाई सिधा र शहरको आवश्यकतामा बगाउन मिल्छ। यसो हुँदा हजारौ नगरबासी लाभान्वित हुने छन् भने आम नागरिकको साथमा ब्य्वस्थित सडक र शहरी बिकास हुने छ।
फेरि पनि संस्कृति र सभ्यता कै कुरा
कान्तिलोकपथ बिस्तारको नाममा सबैभन्दा कम मापडण्डको सडक, हाल कायम भएको बाटोको बिचबाट, दायाँबायाँ साढे आठ मिटर मात्र, लिने हो भने पनि चापागाउ, ठेचो, सुनाकोठीका ऎतिहासिक लिच्छबीकालिन बस्ती, त्यहाँ रहेका संस्कृतिक धरोहरहरु, नेवास् सभ्यता र राष्ट्रिय पहिचानहरु धुलिसात हुने छन् । बिकास कन्क्रिटको जङ्गल मात्र होइन। हाम्रा संस्कृतिक पहिचान, हाम्रा प्राण हुन् । यिनैले हामिलाई जीवन्त राखेका छन् । चिनारी दिएका छन् ।
गम्भीर मनन काठ क्षेत्रका गैर नेवार समुदायले गर्नै पर्छ कि “ संस्कृतिक पर्बले सडक मिचेको होइन, बरु सडकले सन्स्कृतिक पर्व माथी अतिक्रमण गरेको हो ”।








प्रतिक्रिया