२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


पेट्रोलियम पदार्थको फेरि अत्याधिक मूल्यवृद्धि



 

काठमाडौँ

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो ।

निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्यवृद्धि गरेको हो ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु दुई सय १९ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर रु दुई सय सात पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० पुगेको छ । त्यस्तै हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिटर रु दुई सय ५७ कायम गरिएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ । आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।