२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


 सूर्यविनायकमा बालिकालाई यौन दुव्र्यवहार गरेकाे आरोपमा शिक्षक पक्राउ  



२२ जेठ ०७८, सूर्यविनायक ।  आफ्नै विद्यार्थीलाई यौन दुव्र्यपवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाई यौन दुव्र्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुव्र्यवहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।