२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


सामाजिक सञ्जालको जञ्जालमा फस्दै नेपाली पुस्ता



मिसन शर्मा
पछिल्लो समय प्रविधिको बोलवाला चल्दैछ । प्रविधिको प्रयोगले मानिसको जीवन सहज बन्दैछ । मोवाइलबाटै किनमेल गर्न र डिजिटल पैसा तिर्ने सिस्टम आएको छ । इन्टरनेटको सहज पहुँच बढ्दै जाँदा गाँउ गाँउसम्म सामाजिक सञ्जाल प्रयोग गर्ने संस्कृतीको विकाश भइरहेको छ ।
यी भए सुखद पक्ष । प्रविधिको गलत प्रयोगले मानिसलाई बेकामे पनि बनाइरहेको छ । धेरै मानिस आफ्नो काम विर्सेर सामाजिक सञ्जालमा लामो समयसम्म बस्ने, सामाजिक सञ्जालको माध्यमबाट नकारात्मक कुरा सिक्ने क्रम बढ्दो छ ।
एकातिर इन्टरनेट र प्रविधिको विकाशले मानिसको जीवन सहज बन्दैछ भने अर्कोतर्फ इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको जञ्जालमा युवाहरु फस्दैछन् । समाज विकृत बन्दैछ ।
युवाहरु सामाजिक सञ्जालमा धेरै समय विताउन थालेका छन् । जीवनको उर्जाशील यो समय धेरै जना सामाजिक सञ्जालमा बेतुकको काम गरेर विताइरहेका छन् । सामाजिक सञ्जालको जञ्जालमा युुवा पिढी फस्दै गएको छ ।
केही समयअघिसम्म फेसबुकमा व्यस्त नेपाली पुस्ता युट्युव हुँदै टिकटक चलाउने र घण्टौं समय विताउने लत परेको पाइन्छ । फेसबुकमा इस्टाटस पोष्ट गरेर एकखाले युवाहरु लाइक गन्दै कमेन्ट पढ्दै दिन विताउछन् भने अर्कोतर्फ वालवालिकाहरु फ्रिफयरजस्ता विभिन्न गेम खेलेर रातभर व्यस्त हुन्छन् अनि दिनभर सुत्छन् ।
युवा र बैंसको बेला अल्लारे समय समेत भनिन्छ । यो बेला के गर्न हुने के नहुने उनीहरुले बुझेका हुँदैनन । अभिभावकहरु पनि सधै छोरा छोरी के गर्दैछन् भन्ने कुराको पछि लागेर हिड्न भ्याउदैनन् । यसैको फाइदा दिएर पछिल्लो पुस्ता सामाजिक सञ्जालमा व्यस्त छ । घर घरमा केटाकेटी र युवाहरु मोवाइल बोकेर घण्टौंसम्म ढोका थुनेर बसेका भेटिन्छन् ।
आफ्ना छोराछोरीको मोवाइल चलाउने तल बसेको देखेर धेरै आमा बुवा चिन्तित छन् । वालवालिकाको पढाई विग्रेको छ । नयाँ नयाँ व्यावहारिक ज्ञान र शिप सिकेर प्रगतीको बाटोमा अघि बढ्नु पर्ने युवा पुस्ता मोवाइलमा अल्झेर सुन्दर भविश्य विगारिरहेको छ ।
अहिले सामाजिक युवा आफ्ना आमाबुवाका कुरा सुन्दैनन् । उनीहरु एकोहोरो भएर झोक्राएर बस्ने स्वभावका छन् । उनीहरुमा डिप्रेसन र फस्टेशनले गाँजेको छ । पछिल्लो समय भुकम्प, कोरोना भाइरस र आर्थिक मन्दीका कारण समाजमा नै निराशा छाइरहेको बेला विकृत राजनीतिले काम गर्ने वातावरण छैन ।
केही समय अघिसम्म आफ्ना बच्चा इन्टरनेट गेममा व्यस्त देखेर चिन्तित हुने आमाहरु पनि अहिले आफै टिकटकको लतमा परेका छन् । उनीहरु नयाँ नयाँ गीतमा विभिन्न हर्कत गरेर टिकटक बनाउदै सामाजिक सञ्जालमा पोष्ट गर्दै घर झगडा निम्त्याइरहेको देख्न सकिन्छ । फेसबुक ट्वीटर र इन्टताग्राम चलाउने पुस्ता पछिल्लो समय टिकटक र युट्युवको भिडियोमा भुलेको पाइन्छ ।
इन्टरनेटको माध्यमबाट युवाहरुको गलत बानी व्यहोरा बढ्दो छ । केही समयदेखि गुगलको माध्यमबाट भेटिने पोर्न साइट युवाहरुको लत बसेको पाइन्छ । धेरै सामाजिक सञ्जाल चलाउने युवाहरु प्रविधिबारे जानकार हुँदै पाइरेसी गर्न, विभिन्न साइट ह्याक गर्न सिपालु बन्दैछन् । यसबाट क्षति व्यहोर्नेहरु मुद्दा मामिला गर्ने झन्झट व्यर्होनु पर्ने अवस्था आएको छ भने अपराधको नयाँ सिलसिला सुरु भएको छ ।
आजको संसार आइटिको प्रयोगभन्दा अघि बढेर एआई (आर्टिफिसियल इन्टिलिजेन्स)मा प्रवेश गरेको छ । अव धेरै काम मानिसले होइन प्रविधिले नै गरिदिने जमाना आएको छ । नेपालबाहिर बौद्धिकताको प्रयोग पनि मेसिनले गर्ने भएपछि योग्यता र क्षमता भएका मान्छेको महत्व घट्छ कि भन्ने चिन्ता थपिएको छ तर नेपालका युवा सामाजिक सञ्जालको जञ्जालमा फसेको भन्दै चिन्ता गर्नमा व्यस्त छ । यो जञ्जालबाट बाहिर ल्याएर उद्दार गर्ने कोही भेटिएका छैनन् ।
सामाजिक सञ्जालको प्रयोगबाट छुट्कारा दिन मनो परामर्सदाताको दिनचर्या बदलिएको छ । तर सरकारको ध्यान यो विषयमा ध्यान पुगेको पाइदैन ।

 

 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १ : ५१ बजे