११ पुस ०७९, काठमाडौं । गम्भिर अवस्थाका बिरामीको उपचारका क्रममा प्रयोग हुने पाराहिम ब्रान्डमा रहेको स्लाइनमार्फत दिइने पारासिटामोल गुणस्तरहीन पाइएको छ । धनुषामा रहेको लोमस प्यारेन्टियल एण्ड फर्मुलेसनले उत्पादन गरेको १ सय एमएलको एक हजार एमजीको पारासिटामोल गुणस्तरहीन पाइएको हो । उच्च ज्वरोको अवस्था तथा शल्यक्रियापश्चात् बिरामीका लागि यो औषधि प्रयोग हुन्छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परिक्षण गर्दा न्यून गुणस्तरको भएको पाइएकाले सो औषधिको बिक्री वितरणमा…