काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशमा लोडसेडिङ्ग नभएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भईरहेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । ‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि-मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले…