११ पुस । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्स्चेन्ज (नेप्से)लाई पत्राचार गरेको छ। धितोपत्र बोर्डले समस्याग्रस्त बैंकसम्बन्धमा थप अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न समेत नेप्सेलाई भनेको छ। नेपाल राष्ट्र बैंकले बुधबार बैंकलाई समस्याग्रस्त घोषणा गरेको…