काठमाडौँ चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा रेमिट्यान्स वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ…