काठमाडौं २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले ज्ञापन पत्र बुझाएको छ। आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे महासंघले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगहरूलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन्।…