भादगाउँ २९ असोज । भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन् । केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति…