२७ कार्तिक । आज हरिबोधनी एकादशी । हिन्दुधर्मालम्बीहरु नारायण मन्दिरमा पुगेपछि भीड बढेको छ । राजधानीका चार नारायण विशंखु, इचंकु,चागु र बुढानिलकण्ठमा दर्शनार्थी पुग्ने क्रम जारी छ । आजैका दिन हिन्दु महिलाहरु घरको आँगनमा एक महिनाअघिदेखि तुलसीको मठ श्रृगारपट्टार गरेर विवाहोत्सव मनाउछन् । पिडालु सखरखण्डलगायत कन्दमुल र फलफुल प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।…