काठमाडौँको टोखा नगरपालिकामा विकास निर्माण र सामाजिक काम उत्साहजनक रहेको जनाएको छ । नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नो पहिलोदेखि दोस्रो कार्यकालसम्ममा विकास निर्माण, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा थालिएका पहलले सकारात्मक परिणाम हासिल गरेको बताएका छन् । पहिलोपटक २०७४ सालमा आफू निर्वाचित हुनुअघि टोखाका हरेक सडक हिलाम्मे हुने गरेको उल्लेख गर्दै मेयर अधिकारीले हाल वडा नम्बर…