१ जेठ । पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । कलात्मक शैलीमा निर्माण गरिएका पुराना घरहरूको तस्बिर विदेशी पर्यटकहरूले अवलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ । मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपमासमा ऐतिहासिक घरहरूलाई २०७२ को भूकम्पपछि टेको लगाइएको छ । कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र…