१२ जेठ ०७९, ललितपुर । ललितपुरको बंगलामुखी मन्दिरबाट चाँदीको मुकुट चोरी भएको छ। महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित बगलामुखी मन्दिरभित्र देवीको मुर्तिको शिरमा राखिएको करिब ८० तोलाको चाँदीको मुकुट गएराति चोरी भएको छ। मुकुट र चोरीमा संलग्न व्यक्तिको खोजि भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ। यस समाचारमा भुलबश ललितपुर पाटनस्थित बंगलामुखीको तस्विर पर्न गएकोमा सच्याइएको छ ।…