१७ मंसिर ०७९, काठमाडौं । चिसो चिसो मौसममा काठमाडौं अहिले विश्वकप फुटवलको ज्वरोले तातेको छ । राजधानीका गल्ली गल्लीमा रातभर फुटवल हेर्ने युवाहरुको लर्कोे लाग्छ । राजधानीका ठमेल, दरवारमार्ग झमेल मात्रै होइन मुख्य बजारमा सपिङ सेन्टरहरु विश्वकप फुटवल खेल्ने राष्ट्रहरुको झण्डा, फुटवल र ट्रफी राखेर सझाइएको छ । बजारका नामी क्याफे र रेष्टुरेण्टहरुमा झण्डा र…