२७ असार ०७९, भक्तपुर । भक्तपुर नगरकोट सडक खण्डको बाटो नबनेसम्म एक वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने भएका छन् । भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर लामा सडकमै धर्ना दिएका छन् । नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९…