काठमाडौं काठमाडौंको पिङ्गलास्थानमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान नजिकै सडक किनारामा एक अपरिचित अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा काठमाडौ प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।ं