भक्तपुर ३ भदौ । जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछ । गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर भातमा अड्याइएको छ । छरिता रोटीसँगै विभिन्न तरकारी, क्वाँटीलगायत खानेकुरा ठूलो पातमाथि राखिएका छन् । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यसमै राखेर छेवैमा…