काठमाडौँ मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बङ्गलादेशबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाल र बङ्गलादेशबीचको खेल ११ः४५ बजेदेखि हुने भनिए पनि वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । यस खेलमा बङ्गलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउन सक्ने छ…