२९ असार । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपाल पाकिस्तान 'ए'सँग पराजित भएको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल पाकिस्तान 'ए'सँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान 'ए'ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान 'ए'का लागि तैयव ताहिरले ५१…