रासस२१ वैशाख ०७८, काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर तीव्र भएसँगै पशुपतिमा खुला चौरमा कोरोना संक्रमितहरुको लास जलाउन थालिएको छ । पशुपति क्षेत्रमा सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउने क्रम बढ्न थालेपछि नभ्याउदा चौरमै लगाउन सुरु भएको हो । कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको…