काठमाडौं । गुठी संस्थानको मातहतमा रहेको जग्गामा बनेको संरचना हटाउन काठमाडौंको कालोपुलमा डोजर चलेको छ। काठमाडौं महानगर र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गाको संरचनामाथि डोजर चलाइएको हो। काठमाडौं महानगर वडा नं ७ कालोपुल क्षेत्रमा बनाइएका अवैध रुपमा बनेका संरचनाहरूमा संस्थान र महानगरसँगको समन्वय गरी डोजर चलेको हो।