१८ माघ । काठमाडौं महानगरपलिकाले खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन सुरु गरेकाे छ। अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न काम भइरहेकाे छ। सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ। यसमाथि प्राकृतिक दुवो रोपिनेछ। सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारी भन्छन्, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ। बिहान शारीरिक…