काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र अनुमति लिएर दर्ता भएका १०७ वटा विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ। महानगरपालिकाको नगर शिक्षा समितिले गत साउन २८ गते गरेको निर्णयअनुसार गरिएको स्थलगत अनुगमनमा ती विद्यालय सञ्चालनमा नरहेको तथ्य फेला परेको हो। महानगरको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै ती विद्यालयलाई १५ दिनभित्र विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको…