३० साउन । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गरेका छन्। आज (बुधबार) मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै उनले बागमती, विष्णुमतिलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन्। उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा राख्ने,…