भक्तपुर १४ असोज । साँझ ढल्किँदै जादा मध्यपुरथिमि नगरपालिका ५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भिड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको भिड दुई पोखरीसम्मै बाक्लिँदै गयो । करिब ७.१५ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर दिगु भैरब अगाडिको मञ्चमा आइपुगे । जात्रालु…