काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबार रानीबारी क्षेत्रका दुई कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ। महानगर प्रहरीले टाउन प्लानिङ्ग क्षेत्रमा अवस्थित ती केन्द्रहरू बस्तीको बीचमै भएकाले जोखिम बढाउने भन्दै हटाउने कार्य गरेको हो। महानगर प्रहरी बलका अनुसार आवासीय क्षेत्रमा कवाडी संकलन केन्द्र सञ्चालन हुँदा स्वास्थ्य जोखिम, आगलागीको सम्भावना र उच्च भीडभाडका कारण सम्भावित दुर्घटना हुनसक्ने…