काठमाडौँ । नेपाल प्रहरीले चाडपर्वको अवसरमा देशभर शान्ति र सुरक्षा सुनिश्चित गर्न करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, सुरक्षा युनिटहरूले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेका छन्। “भयरहित वातावरणमा चाडपर्व मनाउन, शान्ति–सुरक्षा कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँगको हातेमालोमा तयारी गरेका…