ललितखबर २२ असार । तीन बर्ष पहिले दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउको प्याङगाँउदेखि टाहाखेलसम्म तत्कालीन वडाध्यक्ष दर्शन विष्टले अव्यवस्थित पार्किङ रोक्न ट्राफिक प्रहरी प्रभाग चापागाँउसँग समन्वय गरेर ट्राफिक बोर्डहरु राखे । निरन्तरको मेहनतपछि पनि बजारमा अव्यवस्थित पार्किङ हटेन । स्थानीय व्यापारीको गाडी, ढुंगा रोडाका गाडी र दक्षिण ललितपुरबाट मालबाहक गाडी सडकमै रोक्ने क्रम रोकिएन…