काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङको निर्देशनपछि सडक विभागले काठमाडौं उपत्यकाका मुख्य सडकमा खाल्डाखुल्डी मर्मत गर्ने काम हिउँदयाममै सुरु गरेको छ। मन्त्री घिसिङको सचिवालयका अनुसार सहरलाई सफा, सुरक्षित र व्यवस्थित बनाउने अभियानअन्तर्गत मुख्य सडकमा रहेका खाल्डाखुल्डी भरिने र आवश्यक ठाउँमा कालोपत्रे गर्ने कार्य तिव्र रूपमा अघि बढाइएको छ। यसअघि सडक विभागले…