३१ जेठ ०७७, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय सप्लायर्सले आयोजनाविरुद्ध पुनःआन्दोलनको तयारी गरेका छन् । आगामी असार १ गतेदेखि विभिन्न रणनीतिसहित आन्दोलनलाई अगाडि बढाउने आयोजना पीडित स्थानीय सप्लायर्स उत्तरकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट पीडित मजदूर तथा सप्लायर्सको समस्या समाधानका लागि २०७६ असार २५ गते खानेपानीमन्त्री बीना मगरको…