२२ पुस । पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ । गत कात्तिक १८ गते अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो । ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुङ्गाकी ९० वर्षीय जनमाया राईलाई मृत्यु हुनुभन्दा केही समयअगाडि लगाइएको सुईमार्फत…