१० बैशाख । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आज साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा आज साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको चिडियाखाना प्रशासनले जनाएको छ । उद्धार गरी सदर चिडियाखानामा ल्याइपुर्याएको सो बाघलाई बाघ खोरको होल्डिङ कोठामा…