६ कात्तिक ०७७, ललितपुर ः दशैं चाड नमनाउने ललितपुर महानगरपालिका वडा नं २१ खोकनास्थित सिकाली चौरमा तान्त्रिक विधिबाट होम र पूजा भइरहेको छ । खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत विहीबार यहाँका गुठीसँग सम्बन्धित स्थानियले धमाधम होमका साथै पूजा गरेका हुन् । सिकाली चौरमा तन्त्रमन्त्र गरेर होमका साथै सिकाली अनि रुद्रायणी देवीको पूजा भइरहेको रुद्रायणी गुठीका…