०५ फाल्गुन ०७६,काठमाडौं । काठमाडौं उपत्यका भित्रने र बाहिरिने प्रमुख नाकाको रुपमा रहेको नागढुंगा सडक खण्डको स्तरउन्नतीको काम भइरहेको हुँदा दुई साता देखि सवारी आवतजावतमा समस्या देखा परेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम सुरु गरेको छ । करिब २२ सय मिटर लम्बाईमा कालोपत्रे थप्ने काम दुई हप्तासम्म लाग्ने भएको छ।…