काठमाडौं । काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित एक होटलबाट प्रहरीले लागुऔषध कोकिनसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार, आइतबार भगवती इन होटलको तेस्रो तलाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका घर भई काठमाडौंमा बसोबास गर्ने २९ वर्षीय दिनेश चालिसे, नवलपरासी घर भएका ३७ वर्षीय सतेन्द्र बहादुर भट्ट,सिन्धुपाल्चोक…