काठमाडौं । भारतको पहलगाममा २२ अप्रिल २०२५ मा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमण र त्यसमा एक नेपाली नागरिकको निधनपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय आक्रमणको तुरुन्त र स्पष्ट रूपमा निन्दा गरिएको स्मरण गराउँदै आतंकवादको कुनै पनि स्वरूपको विरोधमा नेपालको दृढ अडान…